स्पेसएक्सले फसेका अन्तरिक्ष यात्रीलाई फर्काउन फाल्कन-९ पठाउने

वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा महिनौँदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्रीलाई स्वदेश फर्काउने ‘स्पेसएक्स मिसन’ मा शनिबार फाल्कन ९ रकेटको प्रक्षेपण गरिने नासाले जनाएको छ । फाल्कन ९ रकेटको प्रक्षेपण फ्लोरिडाको केप क्यानाभेरलबाट स्थानीय समय अनुसार शनिबार दिउँसो १ः१७ बजे हुनेछ।
रकेटले प्याडको पहिलो प्रयोग चालक दल मिशनको लागि गर्नेछ भने एउटा नयाँ लन्च प्याड प्रयोग गर्नेछ । यानमा नासाका अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ सवार हुनेछन् ।
फेब्रुअरीमा अन्तरिक्ष स्टेशनबाट फर्किँदा उनीहरूले दुई अन्तरिक्षविद् बुच विल्मोर र सुनी विलियम्सलाई फिर्ता ल्याउनेछन् ।बोइङ–डिजाइन गरिएको अन्तरिक्ष यान (स्टारलाइनर) मा आएको समस्याका कारण उनीहरूको इन्टरनेशनल स्पेस स्टेसन (आईएसएस) को बसाइ महिनौंसम्म लम्बिएको थियो।
विल्मोर र विलियम्सलाई गत जुनमा आईएसएसमा पुर्याउँदा नयाँ विकसित स्टारलाइनरले आफ्नो पहिलो उडान गरेको थियो। उनीहरू त्यहाँ केवल आठ दिनको बसाइका लागि हुनुपर्ने थियो, तर त्यहाँ उडानको क्रममा स्टारलाइनरको प्रोपल्सन प्रणालीमा समस्या देखा परेपछि नासाले योजनामा आमूल परिवर्तन गर्न बाध्य भएको थियो ।
स्टारलाइनरको विश्वसनीयताको बारेमा हप्तौँको गहन परीक्षणपछि, अन्तरिक्ष एजेन्सीले अन्ततः यसलाई आफ्नो चालक दल बिना पृथ्वीमा फर्काउने निर्णय गरेको थियो । नासाले स्पेसएक्स मिशन क्रू ९ मा फसेका दुई अन्तरिक्ष यात्रीहरूलाई घर फिर्ता ल्याउने निर्णय गरेको छ ।
प्रतिक्रिया