तोलामा ८ सय रुपैयाँले घट्यो सुन, १ लाख १ हजार ६ सयमा कारोबार
नेपालखोज
२०७७ साउन २७ गते ११:४२
काठमाडौं । मंगलबार पनि सुनको मूल्य केही मात्रमा पुनः घटेको छ। सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन मंलबार प्रतितोला १ लाख १ हजमार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
यस्तै सोमबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ८ सय रुपैयाँ घटेर १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि साउन ७ देखि २५ गतेसम्म सुनको मूल्य लगातार उकालो लागेको सुनको मूल्य यो साता भने केही मात्रामा घटेको छ । त्यस्तै चाँदी भने २५ रुपैयाँ बढेर तोलाको १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
हाल कारोबार शुन्य भइरहेको व्यवसायीहरुले गुनासो गर्दै आइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया