शनिबार, असार १४, २०८२

लेबनानमा इजरायली हवाई आक्रमणमा १५ को मृत्यु, पाँच घाइते

नेपालखोज २०८१ कार्तिक ११ गते २०:१७

बेरुत/जेरुसेलम । दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

इजरायली ड्रोन र लडाकू विमानहरूले दक्षिणी लेबनानका १० सहर र गाउँमा १३ वटा हवाई आक्रमण गरेका थिए । इजरायली सेनाले दक्षिणी लेबनानका सीमावर्ती गाउँहरूमा आक्रमण जारी राखेको छ । यसैबीच हिजबुल्लाहले एक विज्ञप्तिमार्फत इजरायली शहर एकरको सैन्य उद्योगमा हवाई आक्रमण गरेको बताएको छ ।

आइतबारको छुट्टै विज्ञप्तिमा आइडिएफले दक्षिणी लेबनानमा हिजबुल्लाहसँगको गोलीबारीमा शनिबार चार इजरायली सैनिक मारिएको बताएको छ । चारै जनाले आइडिएफको एलोन रिजर्व इन्फन्ट्री ब्रिगेडमा सेवा गरेका थिए ।

आइडिएफले शनिबार दक्षिणी लेबनानमा एक सय २० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा आक्रमण गरी ७० हिजबुल्लाह लडाकूलाई मारेको बताएको छ । श्रीमणकुमार गौतमले सरकारले समस्या छ भनी घोषणा गरेका सहकारीमध्ये तीनवटाका पीडितले बचत फिर्ता पाएको बताए ।

बाँकी रहेका १९ वटा सहकारीको गरी करिब ४० अर्ब माग दाबी भएकामा २६ अर्ब ऋण लगेको देखिएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा १० वटासम्म समस्याग्रस्त सहकारीका पीडितको बचत फिर्ता गरिसक्ने लक्ष्य लिएर काम गरिएको समितिले जनाएको छ ।

महासङ्घका अध्यक्ष ओमदेवी मल्लले देशभरबाट जम्मा भएका सहकारी अभियानकर्मीको भेलाले दुई दिन छलफल गरी आएका सुझाव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागलगायत सरोकार भएका निकायमा बुझाएर समस्या समाधानका लागि नीतिगत र कानुनी सुधारमा सहयोग गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया