बङ्गलादेशका पूर्वप्रधानमन्त्रीको दरबार क्रान्ति सङ्ग्रहालय बन्ने

ढाका । बङ्गलादेशकी निरङ्कुश पूर्वप्रधानमन्त्री शेख हसिनाको एक समयको भव्य दरबारलाई उनलाई सत्ताच्युत गर्ने क्रान्तिको सम्मानमा सङ्ग्रहालयमा परिणत गरिने अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले सोमबार बताएका छन् ।
‘यो सङ्ग्रहालयले उनको कुशासन र जनताले उनलाई सत्ताबाट हटाउँदाको क्रोधको स्मृतिलाई संरक्षण गर्नुपर्छ’, नोबेल शान्ति पुरस्कार विजेता युनुसले प्रधानमन्त्रीको पूर्व सरकारी निवास गणभवन दरबारको भ्रमण गर्दै भने ।
चौरासी वर्षीय लघुवित्त अग्रणी युनुसलाई अगस्ट ५ मा हसिनालाई हेलिकोप्टरमार्फत भारत भाग्न बाध्य पार्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि देशको ‘मुख्य सल्लाहकार’ मा नियुक्त गरिएको थियो ।
हसिनाको १५ वर्षे शासनकालमा उनका राजनीतिक विरोधीहरूको व्यापक थुनछेक र न्यायबाहिरको हत्या लगायत व्यापक मानव अधिकार उल्लङ्घन भएको थियो र बङ्गलादेशी अदालतले यस महिना उनको पक्राउका लागि वारेन्ट जारी गरेको छ ।
हसिनाको पतनअघि धेरैजसो कठोर प्रहरी दमनमा सात सयभन्दा बढी मानिस मारिएका थिए । उनले भाग्दा हजारौँले उहाँको पूर्व निवासमा धावा बोलेका थिए । यसलाई सरकारले ‘दमनको प्रतीक’ भनेको थियो।
हसिना भागेपछिको अराजकतामा लुटिएको र क्षतिग्रस्त भएको दरबारको भित्तामा उनको पतित शासनको निन्दा गर्ने भित्तेलेखन छन् ।
सङ्ग्रहालयमा हसिनाको शासनले सञ्चालन गरेको कुख्यात ‘ऐनाघर’ थुनाकेन्द्रको प्रतिकृति समावेश गरिनेछ । हसिना शासनकालमा यहाँका थुनुवाहरूले आफूबाहेक अरू कसैलाई देख्न नपाउने व्यवस्था भएकाले यसलाई ऐनाघर नाम दिइएको थियो ।पमा देखिनुभएको छैन । सतहत्तर वर्षीया हसिनाको अन्तिम आधिकारिक अवस्थिति भारतको राजधानी नयाँदिल्ली नजिकैको एक सैन्य वायुसेना अड्डा थियो ।
प्रतिक्रिया