शनिबार, असार १४, २०८२

पाकिस्तानमा पोलियो खोप अभियान सुरु

नेपालखोज २०८१ कार्तिक १३ गते १९:४५

इस्लामाबाद । पाकिस्तानमा लाखौं बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान सुरु भएको छ ।

देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्य राखिएको यो अभियान सोमबारबाट सुरु गरिएको हो । यो नोभेम्बर ३ सम्म जारी रहने राष्ट्रिय स्वास्थ्य संस्थानले जनाएको छ ।

यो वर्ष पाकिस्तानको पोलिया सम्बन्धी तेस्रो राष्ट्रव्यापी अभियान हो । यहाँ सन् २०२४ मा हालसम्म ४१ पोलिया सम्बन्धी घटनाहरू रिपोर्ट गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई खोपमार्फत बालबालिकालाई सुरक्षित राख्न पोलियोकर्मीहरूलाई पूर्ण रूपमा सहयोग गर्न आग्रह गरे ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्तान र अफगानिस्तान अन्तिम दुई देश हुन्,जहाँ पोलियो महामारीको रूपमा रहेको छ ।

प्रतिक्रिया