शनिबार, असार १४, २०८२

क्यानाडा : आदिवासी बालबालिका बेपत्ताबारे थप अनुसन्धान आवश्यक

नेपालखोज २०८१ कार्तिक १४ गते १४:१३

ओटावा । क्यानडाको आवासीय विद्यालयबाट आदिवासी बालबालिकाको मृत्यु र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एक प्रतिवेदनले जनाएको छ ।

सन् २०२१ मा सयौं संदिग्ध चिहानस्थलहरू फेला परेपछि गरिएको राष्ट्रव्यापी अनुसन्धानको मङ्गलबार जारी गरिएको प्रतिवेदनले आदिवासी बालबालिकाको मृत्यु र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने निश्कर्ष निकालिएको हो ।

आदिवासीलाई जबरजस्ती आत्मसात गर्न एक शताब्दीभन्दा पहिले स्थापना गरिएका पूर्व आवसीय विद्यालय नजिकैका चिहानहरूको खोजले क्यानाडालीलाई स्तब्ध बनाएको छ ।

सन् १८३१ देखि १९९६ को बिचमा अनुमानित एक लाख ५० हजार बालबालिकालाई विद्यालयमा पठाइएको थियो। तीमध्ये धेरैजना घर फर्किएका थिएनन् ।

चिहानहरू फेला परेपछि उक्त घटनाको अनुसन्धानका लागि एक विशेष वार्ताकार, किम्बर्ली मुर्रेलाई ओटावाले तुरुन्तै नियुक्त गरेको थियो ।

मङ्गलबार आफ्नो प्रतिवदेनमा मुर्रेले थप अनुसन्धानका लागि २० वर्षको जनादेशसहित आदिवासी नेतृत्वको स्वतन्त्र आयोग गठन गर्न आह्वान ग रेको छ ।

प्रतिक्रिया