यी देशमा छन् सबैभन्दा धेरै सिरियल किलर

सिरियल किलरको भन्ने बित्तिकै मनमा एउटा डरलाग्दो छवि देखिन थाल्छ । यस्तस अपराधीहरूले एउटै ढाँचामा धेरै हत्या गर्छन् र समाजमा आतंक फैलाउँछन्। विश्वका कतिपय देशमा श्रृङ्खलाबद्ध हत्याका यस्ता घटनाहरू ठुलो संख्यामा रेकर्ड भएका छन् ।
सिरियल किलरका घटनाहरू प्रायः फिल्म र टिभि शोहरूमा देख्न सकिन्छ तर वास्तविक जीवनमा पनि केही अपराधीहरू हुन्छन् जो समाजका लागि धेरै खतरनाक साबित हुन्छन्। विश्वका केही देश यस्ता छन् जहाँ सिरियल किलरको संख्या धेरै छ । वल्र्ड एटलसको रिपोर्ट अनुसार सबैभन्दा धेरै सिरियल किलर भेटिएका देश यस्ता छन् स्
संयुक्त राज्य अमेरिका
यो सूचीमा अमेरिका पहिलो स्थानमा छ, जहाँ कुल ३,६१५ सिरियल किलर रेकर्ड भएका छन्। अमेरिकाका धेरै खतरनाक र कुख्यात सिरियल किलर जस्तै टेड बन्डी, जेफ्री डामर र जोन वेन ग्यासीले संसारभर तहल्का मच्चाएका छन्।
रूस
रसिया यो सुचिको दोस्रो स्थानमा छ, जहाँ १९६ सिरियल किलर फेला परेका छन् । रूसमा धेरै डरलाग्दा हत्याका घटनाहरू रिपोर्ट गरिएका छन् भने आन्द्रेई चिकातिलो जस्ता केही सिरियल किलरले सारा संसारलाई हल्लाएका छन् ।
युनाइटेड किंङडम
युनाइटेड किंङडममा सिरियल किलिङका १९० वटा घटना रेकर्ड भएका छन्। यहाँका केही कुख्यात सिरियल किलरमा ज्याक द रिपर र ह्यारोल्ड शिपम्यानको नाम अगाडि आउँछ , जसले सारा बेलायत नै थर्काएका थिए ।
जापान
जापान यो सुचिक चौथो स्थानमा छ जहाँ १३७ जना सिरियल किलर रेकर्ड भएका छन्। जापानको सबैभन्दा खतरनाक सिरियल किलर मध्ये एक सुतोमु मियाजाकी थिए जसले निर्दोष युवतीहरूको हत्या गरे र उनको अपराधले सम्पूर्ण देशलाई स्तब्ध बनायो।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा सिरियल किलिङका १२३ घटना रेकर्ड गरिएका छन् । यहाँका केही कुख्यात सिरियल किलरमा मोसेस सिटोलको नाम पनि समावेश छ।
भारत
भारत सिरियल किलरहरूको संख्याका आधारमा छैटौं स्थानमा छ जहाँ १२१ सिरियल किलर रेकर्ड गरिएका छन । भारतका केही कुख्यात सिरियल किलरमा सुरेन्दर कोहली ९निठारी केस० र एम जयशंकर ९साइको शंकर० को नाम समावेश छ ।
क्यानाडा
क्यानाडामा सिरियल किलरका ११९ घटना रेकर्ड भएका छन् । यहाँका कुख्यात सिरियल किलरमा रोबर्ट पिक्टनको नाम प्रमुख छ जसले धेरै महिलाको हत्या गरेका थिए।
इटाली
इटालीमा सिरियल किलरको संख्या ९७ पुगेको छ । यहाँको सबैभन्दा खतरनाक अपराधी मध्ये एक डोनाटो बिलान्सिया पनि थियो जसले धेरै हत्या गर्यो ।
जर्मनी
जर्मनीमा ८८ जना सिरियल किलर फेला परेका छन् । जर्मनीका केही सिरियल किलरको कथाले सारा संसारलाई चकित पारेको छ, जस्तै फ्रिट्ज हार्मोन जसले धेरै बालबालिकाको हत्या गरे।
अस्ट्रेलिया
अष्ट्रेलियामा ८३ वटा सिरियल किलरका घटना रेकर्ड भएका छन् । यहाँका केही सिरियल किलरमध्ये इभान मिलतले विश्वभरको ध्यान तानेका थिए ।
प्रतिक्रिया