सशस्त्र प्रहरीद्धारा स्वास्थ्य शिविर संचालन
नेपालखोज
२०८१ कार्तिक २८ गते १३:१२

काठमाडौं । ‘सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल नंं. ४ गण सुनसरीको आयोजनामा विराट मेडिकल टिचिङ्ग हस्पिटल प्रा.लि.को समन्वय तथा कोशी गाउँपालिका र पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल, नेपाल अस्पताल पकली सुनसरीको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
विराट मेडिकल टिचिङ्ग हस्पिटल प्रा.लि.को प्राविधिक चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको टोलीले कार्तिक २७ गते २ सय ८० महिला, १ सय ४६ पुरुष र ४६ जना सशस्त्र प्रहरी कर्मचारीहरु गरी ४ सय ६८ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया