भिर बाट लडेर घाईते भएका एक जनाको उद्धार
नेपालखोज
२०८१ कार्तिक २८ गते १४:३८

काठमाडौं । कार्तिक २७ गते राती काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका ७ र ८ को सिमाना स्थित झर्ना कटेज नजिकैकोे भिर बाट लडेर घाईते भएका एक जनाकोे उद्धार गरेको छ ।
अरिङ्गाल पोली फर्कने क्रममा ५ जना मध्ये सोही गाउँपालिका ८ बस्ने २५ बर्षिय राम कुमार उप्रेतीको नं १५ गण काभ्रे, नं १६ गण सिन्धुपाल्चोक र स्थानिय प्रहरीको संयुक्त टोलीले आज बिहान ५:३० बजे उद्धार गरेको हो ।
अन्दाजी ३०-४० मिटर तल खोल्सामा खसेर टाउको र ढाडमा चोट लागी घाईते भएको उनलाई उद्धार गरी धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया