राष्ट्रसङ्घका आणविक प्रमुख महत्वपूर्ण वार्ताका लागि इरान प्रस्थान

तेहरान । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमबारे महत्वपूर्ण वार्ताका लागि बुधबार तेहरानतर्फ प्रस्थान गरेका छन् ।
इरानको क्षेत्रीय शत्रु इजरायलका रक्षामन्त्रीले इस्लामिक गणतन्त्र इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्ने कुरा पहिलेभन्दा बढी उजागर भएको चेतावनी दिएको दुई दिनपछि उनको यो भ्रमण हुन लागेको हो । इरानले लामो समयदेखि आणविक हतियार निर्माण गर्न खोजेको आरोप इजरायलले लगाउँदै आएको छ।
गाजामा हमास र लेबनानको हिजबुल्लाहसँग इजरायलको युद्धलाई लिएर तनाव बढिरहेका बेला यी दुई देशले यस वर्ष क्षेप्यास्त्र आक्रमण गरेका हुन् । यस आक्रमणले उनीहरूको वर्षौं लामो छायाँ युद्धलाई सतहमा ल्याएको छ र मध्यपूर्वमा व्यापक द्वन्द्वको डरलाई बढावा दिएको छ । ‘ ग्रोसीले आफ्नो भ्रमणअघि एएफपीसँगको अन्तर्वार्तामा भने, कुटनीतिक समाधानका उपाय खोज्नु अत्यावश्यक छ ।’
आईएईएलाई इरानमा निरीक्षण गर्न अनुमति दिइएको भए तापनि ग्रोसीले इरानको आणविक कार्यक्रमको परिमाण र महत्वाकाङ्क्षालाई ध्यानमा राख्दै यसको ‘अधिक अनुगमन’ को आवश्यकतामा जोड दिए ।
प्रतिक्रिया