नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबिच सम्झौंता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल (एएसएन) बिच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एएसएनका अध्यक्ष प्रेक्षा माथेमाले शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा यस सम्बन्धी समझदारीपत्र हस्ताक्षर गरेका हुन।
समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गरी बीमा क्षेत्रमा थप योगदान पु¥याउनका लागि आपसी समझदारी गर्ने लगायतका विषयहरु समेटिएका छन् । यसैगरी, प्राधिकरण र सोसाइटीको साझेदारीमा बीमा तथा बीमाङ्कीय विज्ञान सम्बन्धी अध्ययन एवम् अनुसन्धान सम्बन्धी कार्य गर्ने, यस सम्बन्धी ज्ञानको आदान प्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) उपस्थित रहेका थिए ।
प्रतिक्रिया