शनिबार, असार २१, २०८२

थकाली गुरू मनोहर प्रसाद शेरचन

सुनिल उलक २०८१ मंसिर १ गते १०:३४

पोखरामा एक गुरू थिए । उनी शिक्षक नभएर तन्त्र साधनाका गुरू थिए । उनी शायद पुरानो टुकुचेका बासिन्दा थिए । युवाकालमा भारत जानु भए पछि उनी धेरै वर्ष उतै हराउए । हराएका ३५-४० वर्ष पछि फर्केर नेपाल आए । उनीको नाम मनोहर प्रसाद शेरचन थियो । थकाली भएको कारणले गर्दा उनीलाई सबैले थकाली गुरू भन्थे ।

तन्त्र साधनाका ज्ञाता उनीले तन्त्र साधनाबाट थुप्रैको उपचार पनि गरे । बगरमा पृथ्वीनारायण कलेजको माथिल्लो गेट नजिकै बस्नु हुने उनी अबिबाहित भए पनि एक धर्म छोरीको साथ बस्नुहुन्थ्यो । धर्म छोरीका छोरालाई उनीले नाती मानेर आफ्नो हक दिएका थिए । तन्त्र साधनाको ज्ञान वहाँले कसैलाई पनि दिएन ।

अन्दाजी वि.सं. १९४७ तिर जन्मनु भएका मनोहर प्रसाद शेरचन १२-१५ वर्षको उमेरमा घरबाट हराए पनि उनी वि.सं. २०१० साल तिर नेपाल फर्केका थिए । नेपालमा बिभिन्न स्थानमा बस्दै पछि पोखरा, बगरमा स्थाइ बसोबास गरे । १०३ वर्षको उमेरमा २०५० को पौष महिनामा इच्छा मृत्यु अंगिकार गरे । उनीले सबैसंग बिदा लिएर कोठामा ध्यानमा गए । केही समय पछि कोठामा उनी मृत भैसक्नु भएको थियो । वहाँ बित्नु भएको पनि ३० वर्ष पुरा भइसकेको छ । उनीको नातिले बगरको घर बेचेर अहिले दिपमा बस्नुहुन्छ ।

शायद पुराना थोरैलाई मात्र उनी बारे जानकारी होला । उनीसंग रहेका तान्त्रिक साधनाका महत्वपूर्ण वस्तुहरू जस्तै स्यालको सिङ, दाहिने शंख, एकमुखे रूद्राक्ष, गौलोचन आदी बिभिन्न ब्यक्तिले हात पार्न सफल भएका थिए । उनीको निकटताले यी दुर्लभ वस्तुहरु हेर्ने सौभाग्य हामीले पनि पाएका थियौ । यी वस्तुहरु हालै मैले पाएको जानकारी अनुसार राजपरिवारको संग्रहमा पनि रहेछन् । दाहिने शंख र एकमुखे रुद्राक्ष धेरै नै भेटिए पनि स्यालको सिङ र गौलोचन भने निकै दुर्लभ मानिन्छ । स्यालको सिङ केही समय पछि नेपालको एक सरकारी संग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिँदै छ । गौलोचन भने शायद पछि राखिन्छ होला ।

रक्सी अत्यधिक सेवन गर्ने उनको लत भए पनि उनीले मृत्युलाई लामो अवधी सम्म जिते । अन्तमा उनी रोगले होइन इच्छा मृत्युले संसार त्यागे। मध्यरातमा मसानघाटमा बसेर साधना गर्नुपर्ने हुँदा जो कोहिले तन्त्र विज्ञानका कठिन साधनाहरु गर्न सक्दैनन् । मध्यरातमा गरिने यस प्रकारका साधनाहरु मैले नजिकबाट हेरेको छु । पोखराको सेती नदीको मसानघाट र नारायणी नदीको मसानघाटमा साधकहरुका साथ मध्यरातमा पुगेको छु । बैदिक मन्त्रमा भन्दा तन्त्रमा मलाई पनि बढी विश्वास लाग्दछ ।

थकाली गुरु पनि एक महान तान्त्रिक थिए तर समयसंगै उनीलाई पोखरेलीले बिर्सिसके । पोखराका एक प्रतिष्ठित ब्यापारीलाई प्यारालाइसिस हुँदा बिदेशमा समेत उपचार हुन सकेन । अन्तमा उनीले तन्त्रको शक्तिले निको बनाइदिएका थिए । कुनै पनि उपचारको नगद नलिने उनीलाई सो समय ति ब्यापारीले लाखौ रुपैया बराबरको घरमा बिभिन्न सामग्रीको सहयोग गरेका थिए ।

प्रतिक्रिया