आइतबार, असार २२, २०८२

आज विश्व बाल दिवस

सुनिल उलक २०८१ मंसिर ५ गते ११:२७

भारतमा बाल दिवस नेहरुको जन्म दिन १४ नवबम्वरमा मनाउने गरिन्छ । नेपालमा पहिले भदौ ४ गते मनाइन्थ्यो अचेल भने भदौ २९ मा मनाइन्छ । तर विश्व बाल दिवस भने प्रत्येक वर्ष नवम्वर २० का दिन मनाउने गरिन्छ ।

एउटा तिब्बतीय भनाई छ, जीवन मा सुख सँग लामो समय बाच्ने हो भने आधा खाऊ, दुई गुना हिँड, तीन गुना हाँस र अरूलाई असीमित माया गरू । आज यी बालकहरूको बाल्यकाल देख्दा त्यस्तै लाग्छ । आजको दिनमा यी बालक बाजे बज्यै भइसके होलान् र यिनीहरूका नाति नातिनी यही उमेर का भए होलान् । ती बालक जो आज बाजे बज्यै भइसके ती आज पनि सुखी र खुसी छन् होलान् ।

बाल्य कालमा नै यी बालकहरू पाका भैसकेका जस्तो लाग्छ । भाइ बहिनी प्रति माया, कठिन दैनिक कार्य, कठिन यात्रा र कुनै बालक बालिकाको सानैमा विवाह यो हो ५० वर्ष पहिले को बाल्य जीवन । आज का बालकहरूको ढोकैमा आइ पुग्ने विद्यालयको सवारी साधन, फुर्सदमा हातैमा मोबाइल, घरको काम प्रति बेवास्ता, दैनिक पकेट मनीको आवश्यकता ।

तर आजका बालक भन्दा ५० वर्ष अगाडीका बालकको अनुहारमा खुसीयाली देखिन्छ । उनीहरूलाई कठिन दैनिक जीवन, फाटेको मैला कपडा, वा खाली खुट्टाको लामो यात्रा यो सबैको चिन्ता नै छैन । खैर बाल दिवसको शुभकामना सबै बालबालिकाहरूलाई ।

प्रतिक्रिया