एकै दिन २२ सय रुपैयाँले बढ्यो सुन, प्रतितोला १ लाख ४ सयमा कारोबार
नेपालखोज
२०७७ भदौ २ गते ११:०७
काठमाडौं । एकै दिन २२ सय रुपैयाँले सुनको मूल्य बढेको छ । पछिल्लो एक साता न्युन मूल्यमा घट्दै गएको सुन मंगलबार पुन बढेर १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको ।
सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो दिन आइतबार भने ९८ हजार ४ सय रुपैयाँमा बजार भाउ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन मंगलबार ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै मंगलबार चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार १ हजार ३ सय १५ रुपैयाँ बजार भाउ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया