शनिबार, वैशाख १३, २०८२

नेप्से २७ सय ४८ बिन्दुमा, सातामा ३९ अर्ब ३८ करोड ३० लाख रुपैंयाँको शेयर किनबेच

नेपालखोज २०८१ मंसिर १४ गते १४:५५

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार सात सय ४८ दशमलव शुन्य पाँच बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७७ दशमलव ५० बिन्दुुमा कायम भएको छ ।

धितोपत्र बजारमा यो साता तीन सय २२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ८९ हजार नौं सय ४२ पटकको कारोबारमा सात करोड ५६ लाख ७३ हजार नौं सय २८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३९ अर्ब ३८ करोड ३० लाख ३० हजार ४९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले बढी हो।
गत साता तीन सय २६ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ७८ हजार दुई सय ४० पटकको कारोबारमा आठ करोड नौ लाख ५३ हजार सात सय २३ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३७ अर्ब ५४ करोड ५६ लाख एक हजार दुई सय ६६ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो र पाँचौं दिन ओरालो लागेको नेप्से परिसुचक यि बाहेकका बाँकी दिनहरुमा भने लगातार उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार बजार परिसुचक नेप्से १३ दशमलव शुन्य तीन अंकले ओरालो लागेर २६ सय ६७ दशमलव ४० बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७६ अंकले ओरालो लागेर चार सय ७१ दशमलव २० बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार भने बजार परिसुचक नेप्से १५ दशमलव ८३ अंकले उकालो लागेर २६ सय ८३ दशमलव २४ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८६ अंकले उकालो लागेर चार सय ७३ दशमलव शुन्य छ बिन्दुमा चढेको थियो । तेस्रोे कारोबार दिन पनि बजार परिसुचक नेप्से ३३ दशमलव ४१ अंकले उकालो लागेर २७ सय १६ दशमलव ६६ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५० अंकले उकालो लागेर चार सय ७७ दशमलव ५७ बिन्दुमा चढेको थियो । चौंथो कारोबार दिन पनि बजार परिसुचक नेप्से ३९ दशमलव ७० अंकले उकालो लागेर २७ सय ५६ दशमलव ३६ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३१ अंकले उकालो लागेर चार सय ८० दशमलव ८९ बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन भने बजार परिसुचक नेप्से आठ दशमलव ३० अंकले ओरालो लागेर २७ सय ४८ दशमलव शुन्य पाँच बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३८ अंकले ओरालो लागेर चार सय ७७ दशमलव ५० बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स, नेपाल फाईनान्स, आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा जानकी फाईनान्स, गुडविल फाईनान्स, एनआईसी एशिया बैंक अगाडि देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
दैनिक सेयर कारोबार तालिका

दिनकम्पनी संख्याकारोबार संख्याकित्ता संख्याकारोबार रकम
पहिलो दिन३२२७६४१८१५२७०१९७७७२८८६१२५०.७३
दोस्रो दिन३०९६५८२४१२२६३७८०६३४५८०९५९७.८४
तेस्रो दिन३१२७५५७२१४२९२७४२७४४९८९८९८७.८९
चौंथो दिन३१६८९०००१७१८३८५४९३१२९३४८४०.३६
पाँचौं दिन३०७८३१२८१६६६३३५५८५४५५२५३७३.१३
कुल३२२३८९९४२७५६७३९२८३९३८३०३००४९.९५
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)



प्रतिक्रिया