रुसले ५०० भन्दा बढी सैनिकको शव फिर्ता गरेको युक्रेनको भनाइ

किएभ । किएभले शुक्रबार रुसी अधिकारीहरूले लडाइँमा मारिएका युक्रेनी सैनिकहरूको ५०० भन्दा बढी शव फिर्ता गरेको र तीमध्ये अधिकांश पूर्वी डोनेट्स्क क्षेत्रमा मारिएको बताएको छ ।
रुस र युक्रेनले द्वन्द्वको पहिलो महिनादेखि नै शव र युद्धबन्दीहरू साटासाट गर्दै आएका छन् । दुवै पक्षका क्षतिहरू उच्च मानिएका छन् ।
‘स्वदेश फिर्ता गर्ने गतिविधिको परिणामस्वरूप युक्रेनको सरकार नियन्त्रित क्षेत्रमा ५०२ वीर योद्धाका शवहरू फर्काइएका छन्’, किएभको युद्धबन्दी व्यवस्थापनको समन्वय मुख्यालयले सामाजिक सञ्जालमा भनेको छ । लडाइँ सबैभन्दा तीव्र भएको युद्धग्रस्त डोनेट्स्क क्षेत्रबाट ३९७ शव फर्काइएको छ केन्द्रले बताएको छ ।
शवलाई फरेन्सिक मेडिकल जाँचका लागि लगिने र ‘विशेषज्ञ संस्थाहरूसँग मिलेर मृतकलाई सकेसम्म चाँडो पहिचान गरिने’ बताइएको छ । रुसले आफ्ना शवहरू फर्काएको घोषणा गर्दैन ।
प्रतिक्रिया