कारोबार रकम सात अर्ब ४६ करोड रुपैयाँमा खुम्चिय

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से ४५ दशमलव ९३ अंकले घटेर २६ सय ८९ अंकमा झरेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ९६ अंकले घटेर चार सय ५७ दशमलव शुन्य चार अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २१ वटा कम्पनीहरुको ८१ हजार चार सय चार पटकको कारोबारमा एक करोड ७३ लाख ९२ हजार दुई सय ४४ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम सात अर्ब ४६ करोड तीन लाख चार हजार नौं सय ९९ रुपैंयाँ पुगेको छ
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा ति सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक २६ दशमलव ८२ अंकले घटेर १४ सय १३ दशमलव ४४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ६१ दशमलव शुन्य एक अंकले घटेर पाँच हजार सात सय ५५६ दशमलव १९ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ६१ दशमलव ९७ अंकले घटेर तीन हजार तीन सय छ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ७१ दशमलव ६८ अंकले घटेर तीन हजार पाँच सय ४४ दशमलव ३० अंकमा झरेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि चार सय २३ दशमलव शुन्य चार अंकले घटेर १३ हजार तीन सय ३२ दशमलव ३१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय नौ दशमलव ११ अंकले घटेर १२ हजार नौं सय ८४ दशमलव ३२ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुचक पनि क्रमशः एक सय २४ दशमलव ४५, एक दशमलव ३९, २१ दशमलव ९९, ७६ दशमलव १८, शुन्य दशमलव १२, १६ दशमलव ४१ र एक सय आठ दशमलव ३७ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको खानीखोला हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मानुषी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।
प्रतिक्रिया