पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्षमा पौडेल
नेपालखोज
२०८१ मंसिर २९ गते ८:३२

रसुवा । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने तथा केन्द्रीय परिषद्द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन भएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिए । तेत्तीस मतदाता रहेकामा ३१ मत मात्र खसेको थियो ।
सम्बन्धित








प्रतिक्रिया