शुक्रबार, पुष ४, २०८२

अध्यक्ष डा. विष्टद्वारा शपथ ग्रहण

नेपालखोज २०८१ पुष १ गते २०:२१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले डा विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा. विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बनेका थिए ।

नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिना अघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । उक्त ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा विष्ट नियुक्ति भएका हुन् । रासस

प्रतिक्रिया