विश्व ध्यान दिवस – आर्ट अफ लिभिङ नेपालद्वारा प्रेस मिटिङ आयोजना

काठमाडौं । द आर्ट अफ लिभिङ नेपालले २१ डिसेम्बर २०२४ मा मनाइने विश्व ध्यान दिवसको पूर्व सन्ध्यामा विशेष जानकारी दिनका लागि १८ डिसेम्बर २०२४ मा काठमाडौंको शंखमूलस्थित द आर्ट अफ लिभिङ केन्द्रमा एक प्रेस मिटिङको आयोजना गर्ने भएको छ । यस कार्यक्रममा विश्व ध्यान दिवसका प्रमुख गतिविधिहरूबारे जानकारी गराइनेछ । जसमा गुरुदेव श्री श्री रविशंकरद्वारा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा सञ्चालन हुने ध्यान सत्र, नेपालमा आयोजना हुने ध्यान कार्यक्रम, विश्वव्यापी अनलाइन ध्यान, र १८१ देशहरूमा विभिन्न समयमा हुने ध्यान सत्रहरू बारे जानकारी गराइने छ ।
विश्व ध्यान दिवसको मुख्य उद्देश्य शान्ति, मानसिक स्वास्थ्य र समग्र कल्याणको प्रवर्द्धन हो। यस ऐतिहासिक दिनलाई संयुक्त राष्ट्रसङ्घले आधिकारिक मान्यता दिएको छ। गुरुदेव श्री श्री रविशंकरले विश्वव्यापी रूपमा ध्यान र मानसिक शान्तिका लागि अतुलनीय योगदान गरेका छन्। उनले सुदर्शन क्रिया जस्ता ध्यान प्रविधिमार्फत लाखौं मानिसलाई मानसिक स्वास्थ्य सुधार गर्न प्रेरित गरेका छन् र द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
द आर्ट अफ लिभिङ फाउन्डेशनद्वारा आयोजित यो प्रेस मिटिङमा सबै मिडिया प्रतिनिधिहरू सहभागी भई विश्व ध्यान दिवसको महत्त्व र यसले विश्वव्यापी शान्ति र समन्वयमा ल्याउने प्रभावबारे जानकारी लिन आयोजकले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया