दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु
नेपालखोज
२०८१ पुष ३ गते ११:३४

काठमाडौं । दाङको राप्तीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार साँझ गोरखा आइडीएलको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा दाङकै राप्ती गाउँपालिका-८ बिजौरीका ३१ वर्षीय कृष्णबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया