शुक्रबार, पुष ४, २०८२

काठमाडौंबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

नेपालखोज २०८१ पुष ३ गते १३:४४

काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेकाे छ ।

काठमाडौं महानगरपालिका-३२ बस्ने ४६ वर्षीय राजकुमार माली, काठमाडौं महानगरका १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापाको विर्तामोड नगरपालिका-५ का २७ वर्षीय युवराज सुवेदी र झापाको अर्जुनधारा नगरपालिका-७ घर भई काठमाडौं बस्ने ३२ वर्षीय प्रवेशकुमार पौडेल रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाको टोलीले पुष २ गते काठमाडौंको एयरपोर्ट शम्भुमार्गबाट हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नगदसहित ५ थान चेक, ५ थान मोबाइल र प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कार बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया