शनिबार, वैशाख १३, २०८२

पाँच अंकले घट्याे नेप्से, चार अर्ब २७ करोडको शेयर किनबेच

नेपालखोज २०८१ पुष ३ गते १५:२८

काठमाडौं । साताको चौंथो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ५.६० अंकले घटेको छ । आज नेप्से ५.६० अंकले घटेर २६ सय २८.२६ बिन्दुमा रोकिएको हो ।

नेप्सेमा आज ३१४ वटा कम्पनीको ४९ हजार ४२१ पटकको कारोबारमा ८१ लाख ४७ हजार ३२० कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा तीन वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् ।

जसमध्ये फाईनान्स समूहको सूचक ३३.८६ अंकले बढेर तीन हजार १७६.७९ अंकमा चढेकोमा लघुवित्त र व्यापार समूहको सूचक पनि क्रमश: चार.३८ र २४.१७ अंकले बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने आज पाँच.१२ अंकले घटेर १४३.८३ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि नौं.शुन्य एक अंकले घटेर पाँच हजार ५२८.१५ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक १२.७६ अंकले घटेर तीन हजार ४५४.९५ अंकमा झरेकोमा जिवन बिमा समूहको सूचक ४१ .९८ अंकले घटेर १२ हजार ६३९.११ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक १७.८३ अंकले घटेर १२ हजार ६४६.१५ अंकमा झरेको छ । होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः २७.८७, शुन्य.३२, २२.२६, शुन्य.शुन्य पाँच र ७.४० अंकले घटेका छन् ।

प्रतिक्रिया