शनिबार, वैशाख १३, २०८२

३१ अंकले घट्दा चार अर्ब ७६ करोडको शेयर किनबेच

नेपालखोज २०८१ पुष ४ गते १५:३२

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ३१.४३ अंकले घटेको छ । आज नेप्से ३१ .४३ अंकले घटेर २५ सय ९६.८२ बिन्दुमा रोकिएको हो ।

नेप्सेमा आज तीन सय १० वटा कम्पनीको ५५ हजार ९८९ पटकको कारोबार ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७६ करोड दुई लाख ६७ हजार ४८३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरे रातो भएको छ ।

याे मध्ये वाणिज्य बैंक समूहको सूचक ११.५२ अकले घटेर १ हजार ३९२.३१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ६९.५६ अंकले घटेर पाँच हजार ४५८.५९ अंकमा झरेको छ ।

फाईनान्स समूहको सूचक ७३.४८ अंकले घटेर तीन हजार १०३.३० अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक ५२.७२ अंकले घटेर तीन हजार ४०२.२३ अंकमा झरेको छ ।

यसैगरी जिवन बिमा समूहको सूचक १३२.६२ अंकले घटेर १२ हजार ५०६. ४८ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक १३३.५७ अंकले घटेर १२ हजार ५१२.५८ अंकमा झरेको छ ।

होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमश: ५६.४६, १.९७, २२.३६, ३४.८३, शुन्य.शुन्य पाँच, १८.१२ र १३१.५२ अंकले घटेका छन् ।

प्रतिक्रिया