बारामा कारभित्र पुरुषको शव फेला
नेपालखोज
२०८१ पुष ६ गते ११:२०

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-११ स्थित सडकखण्डको छेउमा कारभित्र पुरुषको शव फेला परेको छ ।
शनिबार बिहान बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एक पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।
मृतकाे टाउको पछाडि चोट लागेको जस्तो देखिएकोले हत्या गरिएको प्रहरीको अनुमान छ । बरामद शव पोष्टमार्टमका लागि नजिकको अस्पतालमा लैजाने तयारी भइरहेको छ ।
घटनाबारे थप अनुसन्धन भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित








प्रतिक्रिया