बिहीबार, जेठ २, २०८२

रास्वपाको कार्यवाहक सभापतिमा डीपी अर्याल

नेपालखोज २०८१ पुष ८ गते १७:४९

काठमाडौं । रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ । पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ ।

उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन् । तथापि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन् ।

प्रतिक्रिया