१४ अंकले बढ्याे नेप्से, पाँच अर्ब २० करोडको काराेबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से १४.११ अंकले बढेको छ । आज नेप्से १४.११अंकले बढेर २६ सय २६.३१ बिन्दुमा रोकिएको हो ।
नेप्सेमा आज तीन सय १२ वटा कम्पनीको ६४ हजार ९१७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा उत्पादनमुलक समूहको सूचक १६२.१८ अंकले घटेर ६ हजार ८२२.६१ अंकमा झरेको छ । व्यापार समूहको सूचक २०.९१ अंकले घटेको छ । यि बाहेकका बाँकी समूहको सूचक भने बढेका छन् ।
जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १०.६१ अंकले बढेर १४ सय दुई.४४ अंकमा पुगेकोमा विकास बैंक समुहको सुचक ९५.१७ अंकले बढेर पाँच हजार ५०३.८ अंकमा चढेको छ ।
फाईनान्स समूहको सूचक ५०. ५० अंकले बढेर तीन हजार १५८.५५ अंंकमा चढेको छ । जलबिद्युत समूहको सूचक २५.१० अंकले बढेर तीन हजार ५४०.३६ अंकमा पुगेको छ । जिवन बिमा समूहको सूचक ३५.६० अंकले बढेर १२ हजार ५३१ .९१ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक ७०.३३ अंकले बढेर १२ हजार ४९३.९२ अंकमा पुगेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने आज जानकी फाईनान्स पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया