सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । १७ औँ वाणिज्य बैंकको रुपमा २०५९ साल पौष ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औँ वर्ष पुरा गरेको छ ।
बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।
यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ ल्याएको छ । यहि अवसरमा बैंकले देशका विभिन्न स्थान; काठमाडाैं र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीका साथसाथै, ग्राहक महानुभाव एवं स्थानीयवासी गरी १०२ जना रक्तदाताको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।
प्रतिक्रिया