शनिबार, वैशाख १३, २०८२

सेयर कारोबार : अबदेखि लेनदेन अनलाइनबाट मात्रै

नेपालखोज २०७७ भदौ ७ गते ९:०२

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दिनानुदिन वुद्धि भइरहेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितका सँगसँगै मृतकको संख्या पनि ह्वात्तै बढेको छ ।

यसैपरिस्थितिलाई मध्य नजर गर्दै शेयर ब्रोकरहरूले लगानीकर्ताबाट अब सिधै चेक वा नगद नलिकन विद्युतीय माध्यमबाट मात्र रकम लिने बताएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले विद्युतीय माध्यमबाट रकम आदन–प्रदान गर्दै बजारलाई अनलाइन मैत्री बनाउन निर्देशन दिएको थियो ।

बोर्डको उक्त निर्देशनपछि शेयर ब्रोकरहरूले कनेक्ट आईपीएसका साथै अन्य विद्यतीय भुक्तानी सेवा प्रदायकहरूमा आबद्ध हुन लगानीकर्तालाई अपील गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै शेयर ब्रोकरहरूले लगानीकर्ताबाट विद्यतीय माध्यमबाट मात्र रकम लिने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले विद्यतीय माध्यमबाट रकम आदनप्रदान गर्दै बजारलाई अनलाइनमैत्री बनाउन निर्देशन दिएको थियो ।

बोर्डको उक्त निर्देशन पछि शेयर ब्रोकरहरूले कनेक्ट आईपीएसका साथै अन्य वित्तुतीय भुक्तानी सेवाप्रदायकहरूमा आबद्ध हुन लगानीकर्तालाई अपील गरेका छन् ।नेपाल स्टक ब्रोकर एशोसिएसनले अहिले पनि चेकबाट ठूलो संख्यामा कारोबारको लेनदेन भईरहेको भन्दै अब उप्रान्त विद्यतीय माध्यमबाट मात्र लेनदेन गरिदिनका लागि लगानीकर्ताहरूलाई आग्रह गरेको छ ।

विशेष गरी ठूलो रकमका कारोबार गर्ने लगानीकर्ताहरूबाट अहिले पनि ब्रोकरहरूलाई चेकबाट भुक्तानी आउने गरेको छ । ठूलो रकमको शेयर कारोबार गर्ने लगानीकर्ताहरूबाट चेकमा रकम लिन नसक्ने प्रष्ट पार्दै एसोसिएसनले सबै किसिमका लगानीकर्ताको कारोबार विद्यतीय माध्यमबाट मात्र गर्ने जनाएको हो ।

लगानीकर्ताले शेयर बिक्री गरेको रकम खातामा पठाइदिँदा कतिपय लगानीकर्ताको बैंक खाताको विवरण नमिलेर फिर्ता हुने गरेको भन्दै एसोसिएसनले बैंक खाताको विवरण अध्यावधिक गरी अनलाइनबाटै रकम लिन सक्ने व्यवस्था मिलाई दिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया