आइतबार, वैशाख १४, २०८२

तीन रेमिट कम्पनीको लाइसेन्स खारेज

नेपालखोज २०८१ पुष १२ गते १४:५४

काठमाडौं । तीन रेमिट कम्पनीको लाइसेन्स खारेज भएको छ ।

राष्ट्र बैंकका अनुसार विप्रेषण नियमावली बिपरित कार्य गरेको आधारमा नमस्ते रेमिट इन्टरनेसनल प्रा लि (नयाँ बानेश्वर), मोडर्न रेमिटेन्स प्रा लि (कमलपोखरी) र भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) को लाइसेन्स खारेज गरिएको हो ।

यी कम्पनीसँग कारोबारका क्रममा कुनै रेमिटेन्स रकम बाँकी रहेको भएमा ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रूपमा जानकारी गराउन व्यक्ति वा संघसंस्थालाई राष्ट्र बैंकले आग्रह गरेको छ ।

तोकिएको म्यादभित्र लिखित जानकारी नआएमा ती रेमिटेन्स कम्पनीको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया