२१ अंकले घट्दा पाँच अर्ब ४७ करोडको शेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से घटेको छ । नेप्से आज २१ दशमलव १२ अंकले घटेर २६ सय नौं दशमलव ५८ अंकमा झरेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४६ अंकले घटेर चार सय ४८ दशमलव ९९ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६६ हजार सात सय ७४ पटकको कारोबारमा एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहहरुको बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये लघुवित्त समुहको सुचक ५५ दशमलव ५० अंकले बढेर चार हजार नौं सय ७७ दशमलव ९७ अंकमा चढेकोमा सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य तीन र पाँच दशमलव ७६ अंकले बढेका छन् । वांणिज्य बैंक समुहको सुचक भने १२ दशमलव ४८ अंकले घटेर १४ सय १५ दशमलव ४३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ४२ दशमलव ३५ अंकले घटेर पाँच हजार दुई सय २३ दशमलव ७६ अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि एक सय ३७ दशमलव ४६ अंकले घटेर दुई हजार नौं सय ३५ दशमलव ७८ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ६० दशमलव ६६ अंकले घटेर तीन हजार चार सय ३४ दशमलव ३२ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ४९ दशमलव ४० अंकले घटेर १२ हजार चार सय ४४ दशमलव ३३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १६ दशमलव १९ अंकले घटेर १२ हजार चार सय ४४ दशमलव २३ अंकमा झरेको छ ।
यि बाहेक होेटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र व्यापार समुहहरुको सुचक पनि क्रमशः ३९ दशमलव २४, शुन्य दशमलव ६६, ५५ दशमलव २७ र ४९ दशमलव शुन्य तीन अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महिला लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने प्रभु बैंक परेको छ ।
प्रतिक्रिया