३३ अंकले घट्याे नेप्से, पाँच अर्ब ६७ करोडको किनबेच

काठमाडौं । साताको तेस्रो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ३३.०८ अंकले बढेको छ । आज नेप्से ३३.०८ अंकले घटेर २ हजार ५७६.५० बिन्दुमा रोकिएको हो ।
नेप्सेमा आज ३०८ कम्पनीको ६९ हजार ९२३ पटकको कारोबारमा एक करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कराोबार रकम पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको शेयर कारोबार भएकोमा अन्य समूहको सूचक १.१९ अंकले बढेर १ हजार ९४७.५७ अंकमा चढेको छ भने बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १३.०९ अंकले घटेर १४ सय दुई.३३ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक १४५.१० अंकले घटेर पाँच हजार ७८.६५ अंकमा झरेको छ ।
फाईनान्स समुहको सूचक १५२.४४ अंकले घटेर २७ सय ८३.३४ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक ५९.६० अंकले घटेर तीन हजार ३७४.७१ अंकमा झरेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक ८१.२२ अंकले घटेर १२ हजार ३६३.१० अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ११८.३८ अंकले घटेर १२ हजार ३२५.८४ अंकमा झरेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नाडेप लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने प्रभु बैंक पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया