आइतबार, वैशाख १४, २०८२

‘ब्लडप्रेसर लो’ भएमा के खाने ?

नेपालखोज २०७७ भदौ ८ गते ५:०५

१. नुन पानी
निम्न रक्तचाप भएका ब्यक्तिहरुले नुन पानीको सेवन गर्नु फाइदाजनक हुन्छ । नुनमा सोडियम हुन्छ जसले ब्लड प्रेशर बढाउन मद्दत गर्छ । यसका लागि नुनको मात्रा मिलाएर मात्र खाने गर्नु पर्छ । एक गिलास पानीमा एक चम्चा नुन मिलाएर पिउनाले निम्न रक्तचाप नियन्त्रण गर्न सकिन्छ । साथै पेट सफा गर्न मद्दत मिल्छ ।

२. किशमिश
किशमिशलाई रातभरी पानीमा भिजाएर बिहान खाली पेटमा सेवन गर्नाले निम्न रक्तचाप नियन्त्रण गर्न सकिन्छ । यसका साथै एक गिलास दूधमा ४र५ वटा बदाम र किशमिश मिलाएर पनि सेवन गर्नृ लाभदायी हुन्छ ।

३. तुलसीको पात
तुलसीको पातमा भिटामिन ए, पोटाशियम, म्याग्नेशियम तत्व हुन्छ । जसले मनसिक सन्तुलन तथा तनाव कम गर्न मद्दत मिल्छ । तुलसीको १० र१र५ वटा पातको रस निकालेर महमा मिलाई खाली पेटमा सेवन गर्नाले निम्न रक्तचाप नियन्त्रण गर्न मद्दत मिल्छ ।

४. कागति पानी
निम्न रक्तचाापका लागि कागति पानी निकै लाभदयी मामनिन्छ । कागति पानीमा हल्का नुन मिलाएर खानाले शरीरमा उर्जा मिल्नुका साथै किड्नी सम्बन्धी समस्याबाट पनि मुक्ति मिल्छ र निम्न रक्तचाप पनि नियन्त्रण गर्न मद्दत मिल्छ । यसका साथेै नियमित रुपमा स्वस्थकर खाना खानुपनि उत्तिकै जरुरी हुन्छ ।

प्रतिक्रिया