भारतलाई हराउँदै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । अस्ट्रेलियन क्रिकेट टोली विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । बोर्डर-गावस्कर ट्रफीको पाँचौं र अन्तिम टेस्ट खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा पुगेको हाे ।
जितसँगै अस्ट्रेलियाले भारतलाई शृङ्खलामा ३-१ ले पराजित गर्यो । फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।
टस जितेर ब्याटिङ थालेको भारत पहिलो इनिङ्समा १८५ रनमै अलआउट भयो भने अस्ट्रेलियाले पहिलो इनिङ्समा १० विकेट गुमाएर १८१ रन बनायो ।
यसरी भारतलाई चार रनको झिनो अग्रता प्राप्त भएको थियो ।
तर, दोस्रो इनिङ्समा भारत मात्र १५७ रनमै समेटियो । त्यसपछि अस्ट्रेलियालाई १६२ रनको लक्ष्य प्राप्त भयो ।
पाँच खेलको शृङ्खलाको पहिलो टेस्ट भारतले २९५ रनले जितेको थियो। तेस्रो टेस्ट बराबरीमा सकिएको थियो भने बाँकी तीन खेल अस्ट्रेलियाले जित्यो ।
प्रतिक्रिया