सोमबार, वैशाख १५, २०८२

थप ८ जनाको मृत्यु, कोरोनाबाट निधन हुनेको संख्या १ सय ५७ पुग्यो

नेपालखोज २०७७ भदौ ८ गते १६:४७

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका हु्न् ।

जसमध्ये सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६२ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला र रुपन्देहीका ६७ वर्षीया महिला, ३८, ५३ र ५४ वर्षीय पुरुष गरी आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया