आइतबार, वैशाख १४, २०८२

महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द्रलाई सहयोग

नेपालखोज २०८१ पुष २४ गते १७:०१

काठमाडाैं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले विभिन्न कार्यक्रम सम्पन्न गर्दै आएको छ ।

सोही अन्तर्गत बैंकको दमक शाखाद्वारा सरस्वती माध्यमिक विद्यालय, दमक-०९, इट्टाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई अटिजम भएका विधार्थीको शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरेको छ ।

बुधबार विद्यालयमा आयोजित एक कार्यत्रमकाबिच विद्यालयको प्रधानाध्यापकलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । हाल विद्यालयमा अध्ययनरत २४ अटिजम भएका विद्यार्थी यस कार्यबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । 

प्रतिक्रिया