शुक्रबार, वैशाख २६, २०८२

‘नेपालखोज बहस… वीथ राजेश काफ्ले’ नेपालखोज अनलाइन टिभीमा

नेपालखोज २०७७ भदौ ९ गते १२:१७

काठमाडौं । सरस्वती इभेन्ट्स प्रा.लि.द्वारा सञ्चालित नेपालखोज अनलाइन टिभीले ‘नेपालखोज बहस… वीथ राजेश काफ्ले’ नामक ‘टक सो’ सुरु गरेको छ । नेपालखोज बहस कार्यक्रममा समसामयिक विषयमा सम्वन्धित क्षेत्रका विज्ञहरुसँग विश्लेषणात्मक बहस गरिने बताइएको छ ।

चर्चित कानुन व्यवसायी अधिवक्ता राजेश काफ्लेद्वारा सञ्चालन हुँदै आएको उक्त ‘टक सो’ हरेक मंगलबार बेलुका ८ बजे नेपालखोज अनलाइन टिभी तथा नेपालखोज डट कमको फेसबुक पेज तथा राजेश काफ्लेको फेसबुक पेजमार्फत् प्रसारण गरिँदै आएको छ । गत हप्तादेखि सुरु गरिएको नेपालखोज बहसलाई देश विदेशका लाखौं दर्शकले मन पराइरहेको नेपालखोज टीमका एक सदस्यले बताए ।

कार्यक्रमले समसामयिक विषयमा सम्वन्धित क्षेत्रका विज्ञसँग ति विषयको समस्या तथा समाधानका उपाय तथा त्यसबाट पर्नसक्ने प्रभावका बारेमा प्रश्नोत्तर गरिने अधिवक्ता काफ्लेले बताए । उनले भने, ‘देशको वर्तमान अवस्थामा राजनीतिक, न्यायिक, सामाजिक तथा आर्थिक क्षेत्रमा के–कस्ता चुनौतिहरु छन्, त्यस विषयमा हामी सम्वन्धित क्षेत्रका विज्ञहरुसँग नेपालखोज बहस कार्यक्रममा छलफल गर्नेछौं ।’

‘दर्शकले कुनै विषयमा कोही विज्ञसँग जानकारी लिन चाहनुभएमा हामी त्यो पनि पुरा गर्ने कोशिस गर्नेछौं । त्यसका लागि दर्शकहरुले हामीसँग इमेलमार्फत् सिधै सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो स्टुडियोमा आउनुभएका विज्ञहरुसँग उहाँहरुको प्रश्न राखिनेछ ।’ अधिवक्ता काफ्लेले बताए ।

प्रतिक्रिया