एनएमबि बैंकको २९ औँ बार्षिक साधारण सभा सम्पन्न
नेपालखोज
२०८१ पुष २६ गते १०:३९

काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावको उपस्थितिमा यही बिहिबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । याे साधारण सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।
बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा २ अर्ब २४ करोड रूपैयाँ, निक्षेप रु.२२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रूपैयाँ रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया