आइतबार, वैशाख १४, २०८२

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

नेपालखोज २०८१ पुष २८ गते १३:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैङ्किङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको मागमा सङ्कुचन आउँदा बैङ्किङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपराह्न दुई बजेसम्ममा बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति माघ २० गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ

प्रतिक्रिया