थप ११ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १ सय ७५ पुग्यो
नेपालखोज
२०७७ भदौ १० गते १६:५६
काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हु्न् ।
पछिल्लो २४ घण्टा यता मृत्यु हुनेमा भक्तपुरका ५३ वर्षीया महिला र मोरङका ४६ वर्षीया महिला रहेका छन् ।
पुरुषहरुमा कैलालीका ४५, ५० वर्षीया २ जना, महोत्तरीका ६०, ७२, ७५ वर्षीया ३ जना पुरुषहरु, बाँकेको ३७ वर्षीया, काठमाडौंका ५१ वर्षीया पुरुष बारा जिल्लाका ४१, ४६ वर्षीय पुरुष गरी ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया