शनिबार, वैशाख १३, २०८२

पाँच अंकले बढ्यो नेप्से

नेपालखोज २०८१ माघ ८ गते १५:३८

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से बढेको छ ।

आज ५.०८ अंकले बढेर २ हजार ६१३.०८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि एक अंकले बढेर ४४०.१४ अंकमा पुग्न सफल भएको छ ।

३११ कम्पनीको ६९ हजार ८४० पटकको कारोबारमा एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम छ अर्ब १९ करोड एक लाख ४१ हजार ८९१ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार हुँदा ८ वटा समूहले कमाएका छन् भने पाँच वटा समुहले गुमाएका छन् । ति मध्ये वाणिज्य बैक समुहको सूचक ४.७८ अंकले घटेर १ हजार ३४१ दशमलव ३२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक ३४.०२ अंकले घटेर ३ हजार ६४९.५० अंकमा पुगेको छ ।

फाइनान्स, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समूहको सूचक भने आज १०.५८ अंकले बढेर पाँच हजार ३६७ दशमलव ७८ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक १३९.६८ अंकले बढेर १२ हजार ८३३.४० अंकमा पुगेको छ । निर्जीवन बीमा समूहको सूचक २२३.७६ अंकले बढेर १२ हजार ७५५.९० अंकमा पुगेकोमा होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समूहको सूचक बढेका छन् ।

नेप्सेमा आज मन्दाकिनी हाईड्रो पावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा रिभर फल्स पावर लिमिटेडले सबै भन्दा बढी गुमाएको छ । सिईडिबी होल्डिङ लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ

प्रतिक्रिया