आइतबार, वैशाख १४, २०८२

रिलायन्स फाइनान्सले दिगो ग्रुपको बिध्युतिय गाडी फाइनान्स गर्ने

नेपालखोज २०८१ माघ १३ गते १२:३९

काठमाडौं । दिगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेडले नेपालमा बिध्युतिय सवारी साधन खरिदकर्तालाई प्रतिस्पर्धी वित्तिय सेवा प्रदान गर्न साझेदारीमा प्रवेश गरेका छन् । २०८१ माघ १० मा आधिकारिक रूपमा सुरु भएको यो सहकार्यले बिध्युतिय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको छ ।

सम्झौता अन्तर्गत, रिलायन्स फाइनान्सले सवारी साधनको लागतको ७० प्रतिशतसम्म ऋण प्रदान गर्नेछ । यी ऋण आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्त, र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शको साथ आउँछन् । यस साझेदारी अन्तर्गत ११-सीटर, १४-सीटर, १६-सीटर, र १९-सीटर बिध्युतिय सवारी साधन सहित दिगोका सबै व्यावसायिक गाडीको लागि वित्तिय विकल्प उपलब्ध हुनेछन् ।

दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत, सौरब श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, समाज प्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रूप लिएको छ । यो साझेदारीले दिगो सवारी साधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहक तथा व्यवसायीलाई गाडी खरिद गर्न थप सहज बनाउने छ ।

रिलायन्स फाइनान्सको राष्ट्रव्यापी उपस्थितिसँगै, ग्राहकले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोको गाडी फाइनान्सको लागि आवेदन दिन सक्छन् । यो पहलले खरिद प्रक्रियालाई सरल बनाउने मात्र होइन तर वातावरणीय रूपमा दिगो यातायात समाधान अपनाउन पनि प्रोत्साहित गर्दछ ।

मिशन जेरो एमिसनको आफ्नो उदेश्य साथ दिगो ग्रुपले नेपालमा बिध्युतिय सवारीसाधनको इकोसिस्टम प्रवद्र्धनमा केन्द्रित रहेको छ । उनीहरूले नेपाली बजारमा बिधुतिय सवारीसाधनको विक्री, वितरण,सर्विस र स्पेयर पाट्सका साथै दिगो मार्फतका अन्य संस्थाले बिध्युतिय सवारीसाधन भाडामा दिने र चार्जिङ समाधान उपलब्ध गराउँछ भने नेपाली राजमार्गमा विभिन्न स्थानमा दिगो ई-स्टपले सस्टेनेबल रेस्ट स्टपको स्थापना गर्दै आएको छ ।

नेपालमा इन्धन सवारी साधनको प्रयोगमा कमी ल्याउन र आत्मनिर्भर बिध्युतिय उर्जाको प्रवद्र्धन गरी वातावरण र आर्थिक दिगोपन दुवैलाई प्रवद्र्धन गर्न यो एउटा ठूलो पहल हो ।

प्रतिक्रिया