नेप्सेमा हरियाली, २४ अंकले बढ्दा ९ अर्ब ४० करोडको कारोबार

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन १०.६६ अंकले घटेको नेप्से आज मंगलबार २४.५० अंकले बढेर २ हजार ६५७.७७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स ३.१९ अंकले बढेर चार सय ४४.७२ अंकमा चढेको छ ।
३२५ वटा कम्पनीको ९५ हजार ९७ पटकको कारोबारमा आज एक करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ समूहको शेयर कारोबार हुँदा सबै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन अंकले बढेर १ हजार ३३४.२२ अंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक ५६.०३ अंकले बढेर तीन हजार ७९५.५६ अंकमा चढेको छ ।
जिवन बिमा समूहको सूचक ११.१६ अंकले बढेर १२ हजार ८५९.७८ अंकमा चढेको छ भने निर्जीवन बिमा समूहको सूचक ३५.८९ अंकले बढेर १२ हजार ६५२.४१ अंकमा चढेको छ ।
यसैगरी बिकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि छन् ।
नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संंस्थाले सबैभन्दा बढी कमाउँदा दोल्ती हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । सप्तकोशी डेभलपमेन्ट बैकको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया