बार्सिलोनाको पाँच खेलाडीलाई बिदाई गर्ने योजना
नेपालखोज
२०७७ भदौ ११ गते १९:२७
एजेन्सी । स्पेनिस क्लव बार्सिलोनाको पछिल्लो खेलहरु कमजोर देखिएसँगै आमुल सुधार गर्ने चर्चा चलिरहेको छ । बार्सिलोनाले ला लिगा उपाधि जित्न नसक्नु र च्याम्पियन्स लिगमा लज्जास्पद हार व्यहोर्नुले क्लबमा धेरै कुराको परिवर्तन आउने संकेत देखिएको छ ।
कप्तान लियोनल मेस्सीले पनि क्लब छाड्ने मनसाय देखाइरहँदा बार्सिलोनाले भने पाँच खेलाडीलाई क्लवबाट बिदाई गर्ने योजना बनाएको छ । क्लबका स्टार खेलाडी लुइस स्वारेजसहित अन्य चार खेलाडीलाई बेच्ने बताएको हो ।
बार्सिलोनाले बेच्ने चाहेका खेलाडीको सूचीमा जेरार्ड पिके, जोर्डी आल्भा, सर्जियो रोवेर्टो र सर्जियो बुस्केट रहेका छन् । बार्सिलोनाले यी पाँचै खेलाडीको मूल्य पनि छिटै सार्वजनिक गर्ने बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया