एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तार : ८६ स्टेसन सञ्चालन, थप १०० स्थानमा चाँडै संचालनमा आउने

काठमाडौं । दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसन स्थापना गरेको छ ।
पर्यावरण-मैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप यी ईभी चार्जिङ स्टेसनको स्थापना गरिएको हो । निकट भविष्यमा थप १०० चार्जिङ स्टेशन थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको छ ।
सिसिएस २-कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा एक उत्कृष्ट कदम हो । यसले हरियाली र स्वच्छ भविष्यको लागि एमएडब्लू वृद्धिको दृष्टिकोणलाई सघाउँछ र व्यक्ति एवं व्यवसायलाई विद्युतीय सवारी साधनहरूमा स्विच गर्न सजिलो पनि बनाउँछ । कुशल चार्जिङ सुविधाको व्यापक उपलब्धताले दिगो गतिशीलतालाई प्रवद्धन गर्नुका साथै देशलाई वातावरणीय रूपमा जिम्मेवार यातायाततर्फ परिवर्तन गर्दछ ।
यस रणनीतिक विस्तारसँगै एमएडब्लू वृद्धिले नेपालको ईभी इकोसिस्टमलाई सुदृढ पार्दैछ । साथै, ईभी मालिकको लागि पहुँच निर्माण गर्दै दिगोपनको संस्कृतिलाई पनि अगाडि बढाइरहेको छ । कम्पनीले आफ्नो अग्रगामी दृष्टिकोण अनुरुप थप ईभी पूर्वाधारको बढ्दो मागलाई पूरा गर्नेछ । यसले वातावरणमा कार्बन उत्सर्जन घटाउँदै विद्युतीय सवारी साधनको व्यापक अपनत्वलाई पनि सक्षम बनाउनेछ ।
एमएडब्लू वृद्धिको यो उपलब्धिले कम्पनीको नवीनता र वातावरणको हेरचाहप्रतिको बलियो प्रतिबद्धतालाई चित्रण गर्दछ । बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुरा प्रदान गर्न कम्पनी प्रतिबद्ध छ ।
प्रतिक्रिया