गायिका एलिना चौहानले दायर गरिन् पति विष्णु सापकोटाविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा
नेपालखोज
२०८१ माघ १८ गते १८:००

काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । पति विष्णु सापकोटासँग अंश दाबी नगर्ने गरी एलिनाले वारेसमार्फत शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गराएकी हुन् ।
एलिनाले पति सापकोटाले आफ्नो चरित्रमाथि शंका उपशंका गरेर सम्बन्धअगाडि नबढ्ने भन्दै सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । उनले अंश तथा माना चामल नलिने गरी सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।
गत वैशाखमा विवाह गरेर उनी पति विष्णुसँग अस्ट्रेलियामा बस्न थालेकी थिइन् । तर अस्ट्रेलियामा रहँदा कार्यक्रममा भाग लिन जाँदा विभिन्न शंका गरेर पतिले मानसिक दबाब दिएको उनले अदालतमा दायर गरेको फिराद पत्रमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया