आइतबार, वैशाख १४, २०८२

सीजी मोटर्सले बिरगंजमा आधिकारिक ब्रान्ड लञ्चमार्फत नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

नेपालखोज २०८१ माघ १९ गते १४:४३

काठमाडौं । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको क्षेत्रको अग्रणी नाम सीजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै मधेश प्रदेशलाई केन्द्रित गर्दै बिरगंजमा अत्याधुनिक ब्रान्डको विविध श्रृंखला लञ्च गरेको छ ।

कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रा.लि. लाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाएको छ ।

उद्घाटन कार्यक्रम बिरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्टर हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य विशिष्ट अतिथिको उपस्थितिमा सम्पन्न भयो ।

यो पहलले बिरगंजमा विश्वप्रसिद्ध ईभी ब्रान्ड जस्तै एभाटर, एक्सपेंग, नेटा, आयोन, आयोन र रिडारा ल्याएको छ, जसले उन्नत र पर्यावरणमैत्री गतिशीलता समाधान प्रदान गर्नेछ ।

प्रतिक्रिया