शनिबार, वैशाख १३, २०८२

सेयर बजार : बिहिबार चार अंकको गिरावट

नेपालखोज २०७७ भदौ १२ गते ७:५२

काठमाडौं । लगातार बढीरहेको सेयर बजारमा साताको अन्तिम दिन हिजो भने झिनो अंकले ओरोलो लागेको छ । आइतबारदेखि निरन्तर बढेको सुचक साताको अन्तिम दिन भने चार अंकले घटेर एक हजार ४५८.०४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक समेत १.६४ ले ओरोलो लागेर २९७.१० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर एक अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

कारोबार भएका १२ उपसमूह मध्ये आज तीन उपसमूहको सेयर मात्रै उकालो लागेको छ ।
निर्जीवन बीमा १९.७३, उत्पादन ४१.१६ र जीवन बीमा ११.०५ ले बढेको छ । यस्तै, बैंकिङ ४.०६, व्यापार १४.३, होटल २१.५५, विकास बैंक २१.९८, जलविद्युत् ७.१७, वित्त ३.२७, अन्य ०.४६, लघुवित्त २३.५ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ ।

प्रतिक्रिया