उपप्रधानमन्त्री विष्णु र मेयर धनराजको स्वास्थ्यबारे जानकारी लिन अस्पताल पुगे राष्ट्रपति
नेपालखोज
२०८१ फागुन ४ गते ११:२८

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्यबारे जानकारी लिन अस्पताल पुगेका छन् ।
पोखरामा शनिबार भएको बेलुन विस्फोटमा परेर घाइते भएका उपप्रधानमन्त्री विष्णु र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी लिन आइतबार राष्ट्रपति पौडेल कीर्तिपुर बर्न अस्पताल पुगेको उपप्रधानमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको बर्न अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले उनीहरूको अवस्था खतरामुक्त रहे पनि निगरानीमै उपचार गर्न आवश्यक रहेको बताएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया