आइतबार, वैशाख १४, २०८२

लागूऔषधसहित ६ जना पक्राउ

नेपालखोज २०८१ फागुन १२ गते ११:५६

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध गाँजा १ किलोग्रामसहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५२३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपलिका-१ पथलैया चोकबाट लागूऔषध गाँजा करिब २१ किलोग्रामसहित मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने ४० वर्षीय अर्जुन रूम्बा समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख ७५१७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सिराहाको मिर्चैया नगरपालिका-६ कटारी चोक बस्ने ३० वर्षीय बिशाल श्रेष्ठलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया